साउन ९ । मुगुको जिल्ला अस्पताल ठिनीमा चिकित्सक नभएर ५ दिनदेखि शव पोस्टमार्टम हुन नसक्दा परिवार र आफन्त भोकभोकै छन् ।

मृतकको दाहसंस्कार नहुँदासम्म परिवारका सदस्य र आफन्तले केही खान नहुने स्थानीय चलनअनुसार उनीहरु भोकै बस्न बाध्य भएको कान्तिपुरमा समाचार छापिएको छ ।

मृतकका परिवारले छाक बार्ने र आफन्त गाउँलले नुन नखाले चलन भएकाले सबैलाई समस्या परेको हो ।

पिना-५ बालैगाउँका २२ बर्षका नाना भामको शव शुक्रबार पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।