साउन ९ । थाईल्याण्डमा नेपालीहरुलाई धम्क्याउँदै विभिन्न प्रकारका धम्की दिने एक व्यक्तिलाई पक्राउ गर्न त्यहाँका नेपालीहरुले माग गरेका छन् ।
नेपाल प्रहरीमा अनियमितता गरेको आरोपमा जागिरबाट बर्खास्तीमा परेका नेपाली नागरिक पवन गुरुङलाई कारबाही गर्न थाइल्यान्डमा बस्दै आएका नेपालीले माग गरेका हुन् ।
गुरुङलाई नेपाल प्रहरीले खोजीको सूचीमा राखेको छ ।
विभिन्न आपराधिक गिरोहसँग मिलेर काम गरेको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले गुरुङ विरुद्ध कारबाही अगाडी बढाउन महानगरीय प्रहरी परिसर काठमाण्डौंलाई निर्देशन दिएको समाचारपत्रमा खबर छ ।
प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि बैंकक भागेका गुरुङ त्यहाँ पनि विभिन्न खाले आपराधिक क्रियाकलापमा संलग्न भएपछि भागेर चीन पुगेको बताइएको छ ।
Comments