साउन  ९ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको निधनले आफूहरु टुहुरो भएको बताएका छन ।

एनेकपा माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्षले उनले निधनले नेपाली जनता, सम्पूर्ण कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु गहिरो शोकमा डुबेका बताए ।
 
 यस्तै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका संस्थापक नेता कर्माचार्यको निधनले सिङ्गो कम्युनिष्टलाई मर्माहत पारेको उल्लेख गर्दै उहाँको सपना पूरा गर्न सबै कम्युनिष्टहरु एक हुनुको विकल्प नभएको बताए । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।