साउन ८ । बाढी पीडतलाई राहत वितरण गर्न सुदुरपश्चिम पुगेका पूर्वराजा ज्ञानेन्द्रले राहत बाढ्न नपाउने भएका छन् ।
निर्वाचन आचार संहिता लागू भईसकेको भन्दै निर्वाचन आयोगले उनलाई राहत नबढाड्न भनेपछि उनले बाढ्ने भनेको राहत वितरण रोकिएको हो ।
अब ज्ञानेन्द्रले राहत बाढ्न नपाएपछि पूर्वराजाकी बुहारीको नाममा रहेको हिमानी ट्रष्टले जिल्ला प्रशासन कार्यालयमार्फत राहत उपलब्ध गराउने बताइएको छ ।
अब पूर्वराजा ज्ञानेन्द्रले आफूले राहत नबाढ्ने उनको सहयोगि तथा पूर्वसंवादसचिव फणिराज पाठकले जानकारी दिएको एक अनलाइनले उल्लेख गरेको छ ।
यसअघि हिजो प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले राहत वितरण गर्न नपाइने बताएका थिए ।
Comments