साउन ८ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल सोमबार हस्पिटल भर्ना भएका छन् ।
स्वास्थ्य उपचारको सिलसिलामा सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका उनको मंगलबार शल्यक्रिया हुने बताइएको छ ।
उपसभापति पौडेल अस्पतालको एनेक्स ५ मा भर्ना भएका छन् ।
उनका स्वकिय सचिव चिरञ्जिवि अधिकारीका अनुसार पायल्स रोगको उपचारको लागि पौडेल शिक्षण अस्पताल भर्ना भएका हुन् ।
Comments