काठमाडौं १५ कात्तिक
नेकपा माओवादी केन्द्रले पूर्वसभाषद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको भन्दै आपत्ति जनाएको छ । माओवादी केन्द्रले ढुंगेलको रिहाइको माग समेत गरेको छ ।
पार्टी प्रवक्ता पम्फा भुसालले द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्म विपरित पक्राउ गरिएको भन्दै आपत्ति जनाइन् । ‘शान्ति सम्झौताको मर्म विपरित पक्राउ गरिएको छ, उहाँको तत्काल रिहा गरिनुपर्छ’ प्रवक्ता भुसालले भनिन्’ ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेरिनुपर्छ ।’
माओवादी केन्द्रले निर्वाचनको समयमा उनलाई पक्राउ गर्नुको पछाडी षड्यन्त्र हुने आशंका समेत गरेको छ । प्रवक्ता भुसालले निर्वाचन भार्ने षड्यन्त्र हुनसक्नेतिर लक्षित गर्दै तोकिएको समयमा जुनसुकै हालतमा भएपनि निर्वाचन हुनुपर्ने बताईन् । ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा–२ बाट निर्वाचित बनेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।