साउन ७ । नेपाली कांग्रेसका युवा नेता गगन थापालाई बेलायतमा कालो झण्डा देखाइएको छ ।

गैरआवासीय नेपाली संघ युकेले आइतबार रेडिङमा आयोजना गरेको च्यारिटी कार्यक्रममा आदिवासी जनजातिहरुले कालो झण्डा देखाएर विरोध गरेका हुन् । जनजातीहरुले थापालाई संघीयता विरोधी नेताको आरोप लगाउँदै कार्यक्रमस्थलमै विरोध प्रदर्शन गरेका थिए ।

उक्त कार्यक्रममा गगन थापाले भने पहिचानलाई मुख्य आधार बनाएर संघीयतामा जान सकिने विचार व्यक्त गर्दै कांग्रेस संघीयता विरोधी नभएकोमा जोड दिएका थिए ।

संघीयतासम्बन्धी विवाद समाधान नै गर्न नसकिने नभएको भन्दै उनले पहिचान, प्रतिनिधित्व, पहुँच, प्रगति र प्रेम ‘पाँच प’ जस्ता कुरालाई प्राथामिकतामा राखेर संघीयतासम्बन्धी विवाद समाधान गर्न सकिने विचार व्यक्त गरे ।

संघीयतको मुद्दामा नेपाली कांग्रेस सबै पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको जनाए । कांग्रेसलाई लागेको संघीयताविरोधी आरोप गलत भएको उनको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।