बेलायती राजकुमारी केट प्रसव पिडा पछि अस्पतालमा भर्ना

साउन । बेलातका  राजपरिवारकी बुहारी  युवराज्ञी  केट  मिडिलटन गर्भवती प्रसव पीडा भएर अस्पतालमा भर्ना भएकी छिन् ।
 उनलाई  अहिले केन्सिन्गटन प्यालेस बाट पेडिनग्टन स्थित सेन्ट मेरी अस्पतालमा  ल्याइएको बिबिसीले  जनाएको छ । उनको साथमा राजकुमार विलियम  संगै  आएका छन  प्रसब पिडा बढेपछि  विलियम दुई हप्ताको  बिदामा बसेका थिए ।
अहिलेसम्म कति बेला  बच्चा जन्महुने आधिकारीक  जानकारी दिइएको छैन । स्रोतका अनुसार  जुलाईको मध्यसम्म उनी बाबु बन्ने  पक्का रहेको  बताइएको थियो ।  अहिले अस्पताल वरपर ठुलो सख्यामा उनका  सुभेच्छुक र पत्रकारहरु को  उपस्थित रहेको बताइएको छ ।
सन्  २०११ अप्रेलमा राजकुमार  विलियम र केट मिडिलटन  बिच विवाह बन्धन बाधिएका थिए।