असार ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३५औँ स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरेर नेपालभरी बिभिन्न कार्यक्रम गरी मनाइदै छ ।
  श्रेष्ठको  विसं. १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा जन्म भएको थियो।

 सहिद गङ्गालाल श्रेष्ठका भाई पुष्पलालले २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए र   कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा पहिलोपटक अनुवाद  गरेका थिए।
श्रेष्ठको २०३५ साल साउन ७ गतेभारतको नयाँदिल्लीमा उपचारको क्रममा मृत्यु भएको थियो। 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।