सलमान र साहरुखको दुस्मनीको अन्त्य

असार ७ । मुम्बईमा आइतबार राती पाँच वर्ष पछि बलिउडका सफल नायक एक स्थानमाअङ्गालोमा समेटिएका छन् ।
 बलिउडमा सलमान खान र साहरुख खान बिगत लामो समयदेखि  बेलचाल  बन्द थियो । यी दुईखानको एक आपसको मनमुटाव पनि सकिएको बताइएको छ ।
 नयाँ सम्वन्ध गासिएको भारतिय सन्चार माध्यमले जनाएका छन ।  यसै गरि दुई खान आफ्नो सामाजिक सन्जाल ट्विटरमा  लेखेका छन  आउदो इद र दीपावली पनि   साथ  साथै मनाउने बताएका  छन ।
मुम्बईमा काँग्रेस विद्यायक बाबा सिद्दीकीले आयोजना गरेको इफ्तार पार्टीमा दुई खान  एकै स्थानमा देखिएका हुन ।  यि दुई खान सन् २००८ मा कैटरिना कैफको जन्मदिनमा झगडापछि एक अर्काबीचको बोलचाल नै बन्द भएको थियो । तर झगडा के विषयमा भएको थियो भन्ने अहिले सम्म  बाहिर आएको छैन ।
 यो मिलनले बलिउडमा  सलमान र साहरुखका फ्यानहरु खुसी भएका छन ।