साउन ७ । गएको आर्थिक वर्ष २०६९/०७० मा काभ्रे जिल्लामा घरेलु महिला हिंसाको घटना बढेको छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङक अनुसार वर्ष भरी १ सय ४४ वटा घरेलु हिंसा उपर कारबाहीका लागि प्रहरी कार्यालयमा निवेदन आएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०६८/०६९ मा १ सय ५ वटा घटनाको निवेदन जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका थिए ।
काभ्रेका प्रहरी प्रमूख एसपी कमल बहादुर घर्तीका अनुसार श्रीमानबाट श्रीमती पीडित भएका ११ वटा घटना जिल्ला अदालतमा पेश गरिएको छ भने ८० वटा घटना मिलापत्र भएका छन् । चैत महिनमा सबैभन्दा बढी घरेलु हिंसाका १६ वटा घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
गएको आर्थिक वर्ष जिल्लमा १३ बटा जर्बजस्तीकरणीको घटना भएको छ । अघिल्लो आर्थिक वर्षमा यो संख्या ४ थियो । त्यस्तै विष सेवन गरी ११ जना महिलाको मृत्यु भएको छ भने झुण्डीएर १३ जना महिलाले आत्महत्या गरेका छन् ।
यसैबीच घरेलु हिंसा सम्बन्धी परेका उजुरीमा कारबाही गर्न निकै समस्या हुने गरेको प्रहरीको भनाई छ । निवेदन दिएपछि पीडित पक्ष सम्पर्कमा नआइदिदाँ कारबाहीको प्रक्रिया अघि बढाउन समस्या हुने गरेको प्रहरी प्रमूख घर्तीले बताए ।