साउन ७ । पाकिस्तान र वेष्टइन्डिज बिचको एकदिवसिय क्रिकेट श्रृङ्खला अन्र्तगत आज बिहान सम्पन्न चौथो खेलमा पाकिस्तानाले वेष्टइन्डिजलाई ६ विकेटले पराजित गरेको छ ।

वर्षाको कारण ४९ ओभरमा खेलाइएको खेलमा टस हारेर पहिले ब्याटीङ गरेको वेष्टइन्डिजले पुरै ४९ ओभर खेलेर सात विकेटको क्षतिमा २ सय ६१ रन जोड्यो ।

२ सय ६२ रनको विजय लक्ष्य पछ्याउदै मैदानमा उत्रेको पाकिस्तानले १७ ओभर खेलेर २ विकेटको क्षतिमा ६८ रन जोड्दा वर्षाले खेल लामो समय प्रभावित भएपछि डकवर्थ लेविस नियमका आधारमा खेल ३१ ओभरमा कायम गर्दै पाकिस्तानलाई जितको लागि १ सय ८९ रनको लक्ष्य दिइएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।