साउन ७ । आज गुरु पूर्णिमा आफुलाई शिक्षा दिने गुरुको पूजा गरि मनाइदैछ । विद्यार्थीहरुले आफूलाई विद्यादान गर्ने गुरुहरुलाई पूजा र सम्मान गरी आन मुलुकभर गुरुपूर्णिमा पर्व मनाइदैछ ।
हिन्दु संस्कृतिमा अज्ञानतारुपी अन्धकार हटाई प्रकाशतर्फ डो¥याउने गुरुलाई ब्रामण, विष्णु, महेश्वरका रुपमा सम्मान गर्ने परम्परा रहेको छ । प्राचीनकालमा गुरुकुलमा शिक्षा प्राप्त गरी घर फर्कन लागेका विद्यार्थीलाई, आमाबावु, गुरु र अतिथिलाई देवता मान मातृदेव भव, पितृदेव भव, आचार्यदेव भव, अतिथिदेव भव भनी दिने गरेको शिक्षाले गुरुलाई आमा र बावुलग लगत्तै उच्च सम्मान दिने गरिएको पाइन्छ ।
चार वेद अठार पुराण तथा महाभारतको रचिता कृष्णदैवैपायन ब्यासको पनि यसै दिन जन्म भएकाले उनको पनि पूजाअर्चना गरी ब्यास जयन्ती मनाउने गरिन्छ । हरेक विद्यालयहरुमा आज गुरु पूर्णिमाका अवसरमा कार्यक्रम राखिएका छन् ।