फोटोः फाइल

साउन ७ । मतदाता नामावली संकलनको अन्तिम दिन असार मसान्तमा कडा सुरक्षाबीच निर्वाचन कार्यालय भित्रैबाट ल्यापटप चोरी भएको छ ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंबाट मदतादा नामावली संकलन गरिएको एउटा ल्यापटप गायब भएको हो ।

अन्नपूर्णमा छापिएको खबर अनुसार उक्त ल्यापटपमा करिब ढेडसय मतदाताको अभिलेख थियो।

जिल्ला निर्वाचन कार्यालयले ल्यापटप गायब भएको एकसाता वितिसक्दा पनि अहिलेसम्म उक्त ल्यापटप कहाँ छ र कसले लग्यो भन्ने पत्तो समेत पाउन सकेको छैन ।

उक्त ल्यापटपमा रहेका मतदाताको अभिलेख अन्यत्र नरहेकाले मतदाता नामावली अध्यावधिक गर्न सकिएको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।