साउन ७ । हत्याको अभियोगमा दुबईममा एक जना नेपालीलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

वैदेशिक रोजगारीका लागि त्यहाँ पुगेका संखुवासभा मंडेपोवरी ३ का अनिश खालिङ राईलाई पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा मृत्यु दण्ड सुनाइएको हो ।

अदालतले शनिबार मृत्युदण्ड सजाय सुनाएका राई ८ महिनादेखि अबुधाबीको अलेन कारागारमा भएको बताइएको छ ।

दुबईमा महिलाले सञ्चालन गरेको व्यापारीक भान्सामाकाम गर्ने नेपाली र पाकिस्तानीबी भएको झडपमा एक पाकिस्तानीको मृत्यु भएको थियो। सोही अभियोगमा राईविरुद्ध मुद्दा चलाइएको थियो।

उनी पाकीस्तानीसँगको झगडामा गत कात्तिक ९ गते जेल परेका थिए । तर, झगडामा घाइते भएका पाकिस्तानीको मृत्यु भएपछि हत्या अभियोगमा राईविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको थियो ।

राईलाई फाँसी सजाय दिएको खबर आइतबार विहान पाएपछि डेढवर्षे छोरासहित पत्नी बिना राई परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर घटनाको छानबिन गर्न र जीनव रक्षाका लागि पहल गरिदिन आग्रह गरेको अन्नपूर्णमा खबर छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।