काठमाडौं १४ कात्तिक
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभाषद बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा सर्वोच्च अदालतद्धारा द्धन्द्धकालिन घटनामा दोषी ठहराइएको आधारमा उनी पक्राउ परेका हुन् ।
द्वन्द्वकालको विषयमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । 
माओवादी नेताहरुले भने विस्तृत शान्ति सम्झौता विपरित उनलाई पक्राउ गरिएको भन्दै रिहा गर्न माग गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।