एनएफडीसी फिल्म अवार्ड चलचित्रमा ‘सायद’ सर्वोत्कृष्ट

असार ६ ।   नेपाल चलचित्र विकास कम्पनीले आयोजना गरेको ‘एनएफडीसी फिल्म अवार्ड’ शनिबार काठमाण्डौमा सम्पन्न भएको छ ।

 कुल १६ विधामा वितरण गरिएको अवार्ड कार्यक्रममा चलचित्र  ‘सायद’ले ७ वटा विधामा अवार्ड चुमेर सर्वोत्कृष्ट  भएको छ ।   नेपालका सफल  चलचित्रकर्मीहरुको नामबाट अवार्ड  वितरण गरिएको थियो ।  अवार्ड कार्यक्रममा  आकर्षक पात्र गायक उदितनारायण झा  र  दिपा झा  रहेका थिए।  १२ बर्षपछि नेपाल फर्केका   आएका  झा बढि इमोस्लनमा  देखिएका  थिए  भने प्राय कलाकारले उनको नाम लिन भ्याएका  थिए।
 झा पनि प्रत्येक पटक आफू बसेको ठाउँबाट उठ्दै सबैको मायाबाट मक्ख  थिए।  साढे ३ बजेबाट सुरु भएको अवार्ड समारोह साढे ९ बजे सम्म  चलेको  थियो । आयोजकले  समयको  व्यवस्थित  नगर्नाले  कार्यक्रममा खल्लो महसुज भएको  थियो ।
अवार्ड कार्यक्रमको सुरुवात नायक राजेश हमालले गरेका थिए । अवार्डको  विधाका प्रत्येक विजेताले ५१ हजार नगद पुरस्कार दिइएको  थियो । यस्तै सर्वोत्कृष्ट निर्देशकले भने १ लाख नगद पुरस्कार दिइएको  थियो ।  सर्वोत्कृष्ट नायक तथा नायिकाले ५१ हजार नगदसहित सामसुङ ग्यालेक्सीको ट्याब समेत प्राप्त गरेका छन् ।

अवार्ड कार्यक्रममा शिव सर्वोत्कृष्ट अभिनेता पुरस्कार अवार्ड जीवन लुइटेल चलचित्र मालतीको भट्टीबाट पाउन सफल  भएका थिए। भुवन सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार  अवार्ड  निता ढुंगाना  चलचित्र नोटबुक, प्रकाश सर्वोत्कृष्ट निर्देशक अवार्ड   सुरज सुब्बा चलचित्र सायद, हिरा सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार अवार्ड  चलचित्र  सायद, दुर्गिस फिल्मस् बसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री अवार्ड   करिश्मा मानन्धर चलचित्र मायाज बार, कुसुमे रुमाल व्यवसायिक सिनेमा अवार्ड  चलचित्र  सायद ,   शम्भुजित सर्वोत्कृष्ट संगीतकार  अवार्ड  सुरेश अधिकारी  मायाज बार, उदित सर्वोत्कृष्ट पाश्र्व गायन  अवार्ड स्वरुपराज आचार्य रिदम ,भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशक अवार्ड चन्द्र पन्त  चलचित्र  हमेशा ,बसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड  कविराज गहतराज के म तिम्रो साथी बन्न सक्छु ,निर सर्वोत्कृष्ट सहअभिनेता अवार्ड  स्विल्सन विक्रम राई चलचित्र सायद, मञ्जु सर्वोत्कृष्ट छायांकार अवार्ड  सञ्जय लामा चलचित्र सायद, सर्वोत्कृष्ट लेखक  सुरज सुब्बा  चलचित्र  अवार्ड सायद, पुष्कर सर्वोत्कृष्ट चलचित्र पत्रकार अवार्ड  विदुर गिरी , मह जुरी पुरस्कार अवार्ड  संयम पुरी चलचित्र सायद ,प्रदीप सर्वोत्कृष्ट  ध्वनी मुद्रण अवार्ड  राजकुष्ण श्रेष्ठ र सुनयमान श्रेष्ठ चलचित्र फूलचेतन, ले  हात पारेको छ । 

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला