स्थानीयवासीको सामूहिक प्रयासमा अस्पताल सञ्चालनमा गरिएको हो ।
अस्पताल सञ्चालन समितिका अध्यक्ष ध्रुवप्रसाद शर्माका अनुसार २४ सै घन्टा आकस्मिक , स्त्री तथा प्रसूति, प्रयोगशाला, सामान्य चिकित्सा, दन्तरोग, सामान्य शल्यक्रिया, एक्सरे, भिडियो एक्सरे, गर्भवती परीक्षणलगायत सेवा किो व्यवस्था गरिएको छ ।
सर्वसाधारणले सामान्य स्वास्थ्य सेवा लिन पनि पोखरा, पाल्पा पुग्नुपर्ने समस्यालाई ध्यानमा राखी अस्पताल सञ्चालन गरिएको अध्यक्ष शर्माले बताए ।
अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका झन्डै ५० गाविस, एक नगरपालिका र छिमेकी जिल्ला पर्वत र गुल्मीका दर्जनौँ गाविसका सर्वसाधारण लाभान्वित हुने अस्पतालले जनाएको छ ।
अस्पतालमा दुई मेडिकल अफिसर, दुई स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट, दुई ल्याब प्राविधिकसहित झन्डै १५ प्राविधिक २४ घण्टा तयार रहेका छन । यसै गरी हप्तामा काठमाडौँ तथा पोखराका विशेषज्ञलाई बोलाएर विशेषज्ञ सेवा पनि सञ्चालन गर्ने अस्पताल प्रशासनले जनाएको छ ।