न्युजिल्याण्डमा ६.९ रेक्टरभूकम्प , सुनामीको चेतावानी

 साउन ६ । न्युजिल्याण्डको दक्षिणी द्वीपको उत्तरी टटिय  क्षेत्रमा  शक्तिशाली भूकम्प गएको  छ ।

भूकम्प  ६.९ रेक्टर स्केल मापन गरिएको पनि बिबिसीले जनाएको छ ।  भुकम्प एक  मिनेट सम्म आएको बताइएको छ ।

उक्त भूकम्पको  केन्द्रबिन्दु आसपासकै इलाकामा ३१ किलोमिटर गहिराई मा ४२.०५०० डिग्री दक्षिणी आक्षांस र १७४.९४०० पूर्वी देशान्तरमा रहेको जनाइएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

भूकम्पको क्षतिको बारेमा भने केही विवरण आइसकेको छैन। सो शक्तिशाली भूकम्पपछि सुनामीको चेतावानी दिइएको बताइएको छ ।