साउन ६ । केही समय अगाडी डन भनिने तर गुण्डा नाइकेका माध्यमबाट चिनिने दिनेश अधिकारी ‘चरी’लाई गोली हानेको अभियोगमा पक्राउ परेका व्यक्तिले गोली हानेको स्वीकार गर्दै आफ्नो भाईको हात काटिदिएकाले गोली हानेको बताएका छन् ।
एमाले निकट मानिने चरीलाई गोली हानेको आरोपमा राधे (राधाकृष्ण) भण्डारी पक्राउ परेका थिए । पक्राउपछि प्रहरीसँग उनले भाइको हात काटिदिएकाले प्रतिशोधस्वरूप उनलाई गोली हानेको बताएका छन् ।
नयाँ पत्रिका छापिएको खबरअनुसार प्रहरीसँगको बयानमा भण्डारीले पहिला चरीले नै दिएको पेस्तोलले उनलाई आक्रमण गरेको बताएका हुन् । भण्डारी पहिला चरीकै समूहमा चरीले उनलाई पेस्तोल दिएका थिए ।
सँगै हुँदा चरीले आफूलाई पेस्तोल दिएको र सतुङ्गलमा चरीलाई आफ्नो सोही पेस्तोलले गोली हानेको बयान दिएको खबरमा उल्लेख छ ।