साउन ६ । राजधानीमा अब अर्को पनि टिचिङ हस्पिटल खुल्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरमा अर्को ‘टिचिङ हस्पिटल’ सञ्चालन गर्ने भएको हो ।
यसअघि महाराजगन्जमा एउटा टिचिङ हस्पिटल सञ्चालन हुँदै आएकोमा अब कीर्तिपुरमा पनि हस्पिटल खुल्ने भएको छ ।
उक्त हस्पिटल कीर्तिपुरको त्रिवि हाताभित्रै रहने र हस्पिटल त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत रहने बताइएको छ।
नयाँ टिचिङ हस्पिटलको काम सुरु गर्ने लगायतका कामका लागि त्रिविले अर्थ मन्त्रालयसँग २५ करोड मागेको दबर नयाँ पत्रिकामा छापिएको छ।
Comments