हिजोदेखि ललितपुरको बालकुमारीमा सुरु भएको एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा उनीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल नेतृत्वमा सहमति जनाउँदै सहयोगका लागि भनेर राजीनमा दिएका हुन् ।
हिजोको बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टी हेडक्वार्टरमा अध्यक्ष मात्रै रहने र बाँकी सबै केन्द्रीय सदस्य हुने प्रस्ताव पेश गरेका थिए । प्रस्तावअनुसार श्रेष्ठ र बोगटीले अध्यक्ष समक्ष राजीनामा बुझाएको पार्टी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
बैठकमा अधिकांस समुहको अध्यक्ष दाहालको प्रतिवेदनको समर्थन गर्दै पार्टी अध्यक्ष मात्र राखेर जानुपर्ने सुझाव दिएका थिए ।
पार्टीमा पदको बाँडफाँड विवाद मिल्न गारो भएपछि अध्यक्षका साथै अधिकांस नेताहरु अध्यक्ष बाहेकको पद हटाउने पक्षमा पुगेका हुन् ।
यसअघि २०६६ साउनमा एकीकृत माओवादी बहुपदीय प्रणालीमा गएको थियो । लगत्तै पार्टीमा गुट उपगुट र पदका लागि हानथाप बढेको थियो ।
प्रचण्डको प्रस्तावमा उपाध्यक्ष पदबाट राजिनामा दिएका डाक्टर बाबुराम भट्टराईले समर्थन गरे पनि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने असन्तुष्ट जनाउदै आएका थिए तर बोगटी पनि मौन बसेका थिए ।