साउन ५ । आर्थिक वर्ष २०६९/७० मा मात्रै करिब ५ लाख युवा विदेशिएका छन् ।

देशमा राजनीतिक संक्रमण बढेको बढ्यै हुँदा यहाँ रोजगार नपाएपछि देशको मेरुदण्ड शक्ति मानिने ठूलो युवा पंक्ति विदेशिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो बर्षको तुलनामा आर्थिक बर्ष २०६९/७० मा युवाहरु वैदेशिक रोजगारीमा जानेको संख्या २८ प्रतिशतले बढेको छ । गत आवमा ४ लाख ९४ हजार युवाहरु वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएको थिए ।

त्यस्तै आर्थिक वर्ष २०६९र७० मा ३ लाख ८४ हजार ६ सय ६५ जना युवाहरु बिदेसिए ।

विभागका अनुसार हालसम्म २९ लाख १८ हजार युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा पुगेको आजको समाचारपत्रमा खबर छापिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।