
साउदी अरबबाट फर्केका कामदारले खोलेको एक संस्था ‘प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)’ ले अन्य संस्थाको आर्थिक तथा भौतिक सहयोगमा गृह सञ्चालन गरेको कान्तिपुर दैनिकमा खबर छ ।
यसअघि महिला सुरक्षित गृहहरु सञ्चालन हुँदै आए यो पहिलो पटक पुरुष सुरक्षित गहृ सञ्चालन गरिएको हो ।
उक्त खबर अनुसार धोबीखोला नजिक मध्यबानेश्वरको देवीनगरस्थित भद्रघले बहुमुखी क्याम्पससँगै एक घरमा बिहीबारदेखि गृह सञ्चालनमा आएको छ ।
गृहको भाडा तिर्न एनआरएन कतारले २ लाख रुपैयाँ र ‘सुरक्षित आप्रवासन परियोजना’ सामीले वेड, कुर्ची, फर्निचर, किचन सामाग्री, रंगरोगन, टीभीलगायतका भौतिक सहयोग दिएको छ । गृहमा ३ कोठामा १० बेड छन् ।
पीएनसीसीले पीडित र बेखर्ची भई खाना बस्न र घर जानबाट रोकिने अवस्था भएका कामदार २ सातासम्म गृहमा राखी कानुनी, स्वास्थ्य लगायतका उपचार र निकायसँग समन्वय गराउने बताइएको छ ।