साउन ४ । साताको अन्तिम दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ५१ हजार ४०० निर्धारण भई कारोबार भएको छ ।
नेपाली बजारमा अघिल्लो दिन बिहीबार प्रतितोला रु ५० हजार ८५० मा कारोबार भएको पहेंलो धातुको मूल्य आज रु ५५० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेपाली बजारमा अघिल्लो दिन बिहीबार प्रतितोला रु ५० हजार ८५० मा कारोबार भएको पहेंलो धातुको मूल्य आज रु ५५० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घले तेजाबी सुनको मूल्य आज प्रतितोला रु ५१ हजार १५० निर्धारण गरी कारोबार भएको जनाएको छ । सोको मूल्य बिहीबार प्रतितोला रु रु ५० हजार ६०० मा कारोबार भएको थियो ।
त्यसैगरी असली चाँदीको मूल्यमा पनि अघिल्लो दिनको तुलनामा आज प्रतितोला रु ५ ले वृद्धि भई रु ८१५ कायम भएको छ ।
महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएकाले नेपाली बजारमा पनि त्यसको प्रभाव परी मूल्य वृद्धि भएको बए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस एक हजार २७५ अमेरिकी डलर रहेकामा आज सोको मूल्य वृद्धि भई एक हजार २९१ अमेरिकी डलर कायम भएको छ । रासस
Comments