फुटबल हस्ती म्याराडोनालाई अमेरिकाले पत्याएन, भिषा नदिँदा भ्रमण स्थगित

साउन ४५ । अर्जेन्टिनाका फुटबल खेलाडी डिएगो म्याराडोना आफ्ने परिवारका साथ अमेरिका भ्रमणमा निस्कने तयारीमा थिए ।
तर अमेरिकाले उनलाई भिषा नदिएपछि भ्रमण स्थगित भएको छ ।

दुबईस्थित अमेरिकी दूताबासमा म्या्राडोनाका एक सहयोगी भिषाका लागि पुगेका थिए तर दुताबासले उनलाई भिषा नदिएको हो ।
फिडेल क्यास्ट्रोसँग र हृयुगो चावेजसँग म्याराडोनाको राम्रो सम्बन्ध रहेको बताइँदै आइएको छ । तर उनीहरुलाई अमेरिकाले आफ्नो विरोधी मान्ने गरेको छ ।

यतै विषयलाई लिएर अमेरिकाले म्याराडोनालाई भिषा नदिएको समाचार सुत्रहरुको दाबी छ ।