
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका अध्यक्ष मोहन वैद्यबीच भएको सो भेटघाटमा उच्चस्तरीय राजनीतिक समितिले वार्ताका लागि पठाएको पत्रका बारेमा छलफल भएको माओवादीका प्रवक्ता पम्फा भुसालले बताएकी छन् ।
नेकपा–माओवादी एकीकृत नेकपा (माओवादी) बाट गत वर्ष अलग भएको थियो ।
अध्यक्ष दाहाल पुनः समितिको संयोजक भएपछि संविधानसभाको निर्वाचनप्रति असहमति राख्दैआएका माओवादीलगायत अन्य दललाई वार्ताका लागि लिखितपत्र पठाइएको थियो ।
भेटका अवसरमा अध्यक्ष दाहालले वार्ताको आह्वान ससर्त नभएको र समितिको आगामी बैठकले यसबारे थप स्पष्ट पार्ने बताएको जनाइएको छ ।
प्रवक्ता भुसालका अनुसार अध्यक्ष वैद्यले निःसर्त वार्ताका लागि आह्वान भए आफ्नो पार्टी एवं आन्दोलनरत ३३ दल आवश्यक छलफल गरी निर्णयमा पुग्ने जानकारी गराएका थिए ।
Comments