साउन ४ । केही समयदेखि चीन भारत सिमा विवादको टुंगो नलागीरहेको अवस्थामा भारतले चिनियाँ सिमा क्षेत्रमा ५० हजार सेना थप्ने भएको छ ।

भारत सरकारले गरेको उक्त सेना थप्ने निर्णयसँगै त्यसका लागि ६५ करोड भारतीय रूपैयाँ खर्च हुने बजेटिंग पनि गरेको छ ।

भारतले थप्न लागेको सेनाको मुख्यालय पश्चिम बंगालमा बनाउने भएको छ । यस्त्र बिहार आसाममा यसको दुई वटा डिभिजन तथा जम्बु-कश्मिरको लद्धाख र अरूणाचलमा इकाई निर्माण गर्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बुधबार भारतको मन्त्री परिषद् बैठकले यस्तो निर्णय गरेपनि यो सबै काम पूरा गर्न ७ वर्ष लाग्ने अनुमान छ ।

सिमा क्षेत्रमा पटक पटक चिनियाँ सैनिकहरु प्रवेश गरिरहेको भन्दै भारतीय सञ्चारमाध्यमहरुले सरकारको विरोध जनाउँदै आएको अवस्था सरकारले यस्तो निर्णय गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।