श्रावण ४ ।एकीकृत माओवादीको विस्तारित बैठक  सुरु भएको छ ।

 ललितपुरको खन्ना  गार्मेटमा  बैठकमा  डा. बाबुराम भट्टराईको पदत्यागको घोषणा, संगठनात्मक समस्या र चुनावी योजनाबारे अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव पेश गर्ने  जनाइएको छ ।

 बैठकमा केन्द्रीय सदस्य, राज्य समितिका इञ्चार्ज  सल्लाहकार,एवं जिल्लाका नेताहरु, विभिन्न भातृ संगठनका अध्यक्ष गरि करिब ५ सय जना उपस्थित  हुने  जनाइएको छ ।
भट्टराईलाई वरिष्ठ नेताको जिम्मेवारी दिने वा  अध्यक्ष मात्र राखेर जाने  भन्ने विषयमा   बैठकले निर्णय गर्ने  बताइएको छ ।

 यसै  गरी  आगामी निर्वाचनका विषयमा  विस्तारित बैठकले चुनाव केन्द्रित भएर जाने  वातावरण  बनाउने निर्णय  गर्ने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।