तिनै रेखा थापा आज भोलि भने आफूलाई फकाउने हिम्मत नभएको भन्दै उफ्रदैछिन् ।
तर यसरी फकाउने हिम्मत नभएको भनेर च्यालेन्ज भने रियलमा नभएर रिलमा दिएकी हुन् रेखाले । उनले आफ्नो फिल्म कालीको स्लोली स्लोली बोल रहेको गीतमा यस्तो भनेकी हुन् ।
विरगञ्जमा छायांकन गरिएको उक्त गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् भने बसन्त सापकोटाको संगीत भरेको उक्त गीतमा पह्लाद तिमल्सिना र मिलन अमात्यको स्वर दिएका छन् ।
जुन गीत भने यस्तो छः
नारी प्रधान फिल्म भनिएको काली असोज २५ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ भने पूर्व श्रीमान छवि ओझाले बनाएको चलचित्र लोफर पनि सोही मितिमा प्रदर्शनमा आउने बताइएको छ । उक्त मितिमा आउने फिल्ममा कसले बाजी मार्ने हुन् भन्ने कुरा जान्न भने त्यतिबेलासम्म कुर्नै पर्ने भएको छ ।