साउन ४ । मोबाइल चोरेको भन्दै कुटपिट गर्दा सप्तरीको बैरबा गाविसमा एक बालिकाको मृत्यु भएको छ ।

सप्तरीको बैरबा गाविस–३ की संगीता पौडेलको कुटाइबाट जगतपुर गाविस–४ की १२ वर्षीया तारो खङ्गको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नो मोबाइल चोरेको भन्दै संगीताले तारोलाई बुधबार साँझ कुटपिट गरेको बताइएको छ ।

कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी तारोलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । प्रहरीले संगीतालाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

जगतपुर गाविस–४ का ठण्डा खङ्गकी छोरी तारो बैरबा गाविस–३ स्थित आफ्नै मामा नन्दकिशोर खङ्गको घरमा बस्दै आएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।