प्रिय पाठकहरु,
समाचार र मनोरञ्जन एकसाथ भन्ने नाराका साथ हेलोखबर डटकम तपाईमाझ दुई वर्षदेखि सँगसँगै रहँदै आएको कुरा त सर्ववित्तितै छ । यस बिचमा हामीले जहिल्यै पत्रकारिताका मुल्य मान्यताका साथ अनलाइन मार्फत तपाई सामु सुचना दिईरहेका छौँ ।

पत्रकारिताको आचार संहिताको कुरा गर्ने हो भने अनलाइनमा लेखिएको कुनै पनि सामग्री हटाउन मिल्दैन । गलत सुचना नै नदिनु पत्रकारिताको इथिक्स हो । तर स्रोतको बेइमानी वा कुनै त्यस्तो कारण समाचार गलत नै पर्न गएमा सम्बन्धित सञ्चारमाध्यमले खण्डन छाप्न आवश्यक हुन्छ । नजानेर गरिने गल्तिमा सम्पादकले भुल सुधार गरेका हुन्छन् । अनि पीडित पक्षले अदालतमा मुद्धा दायर गर्न सक्ने बाटो पनि खुल्ला नै रहन्छ । र गल्ति गरेको खण्डमा पत्रकारलाई अदालतले जेल पठाउन सक्नेसम्मको कानुनी व्यवस्था छ ।

यति हुँदाहुँदै हामीले इथिक्स विपरित यसअघि डिसीनेपाल बन्द हुने अवस्था नामक समाचार हामीले बेवसाइटबाट हटाएका छौँ । जसप्रति हामी क्षमाप्रार्थी छौँ । उक्त पोष्ट हामीले गलत सुचना भएकाले भने हटाएका हैनौँ । पीडितलाई थप पीडा हुने समाचार प्रकाशन गर्न नहुने तथा उत्तेजित तवरको समाचार दिन नहुने पत्रकारिताको मान्यता अनुसार पनि उक्त समाचार हटाएका हैनौँ ।

तर, उक्त घटनाको विकास हुँदै जाँदा अदालतसम्म पुग्ने अवस्थामा पीडितमध्ये एक जनालाई अति पीडा पर्ने सम्भावित घटनालाई टार्न र समाचारमा भनिए झैँ त्यहाँ कार्यरत ८/१० जना कर्मचारीलाई जागिर छाडेर जान दिएको निर्देशन फिर्ता हुने सम्भावना र हाम्रो समाचार राख्दा भन्दा पनि डिलिट गर्दा चाँही उनीहरुले बढी न्याय पाउने देखेकाले व्यवसायिक धर्म होस् भनेर मात्र हटाएका हौँ । तर कुनै संस्थाले एकैचोटी १० जना कर्मचारी कटौती गर्नु, वा समाजमा हुने जुनसुकै घटना तथा क्रियाकलापको सुचना दिने र पाउने तपाईको अधिकारप्रति जहिल्यै उत्तरदायी रहने विश्वास व्यक्त गर्दछौँ ।

साथै, यसअघिको उक्त सामग्री सम्पादकिय मण्डलको निर्णय अनुसार पोष्ट गरेका थियौँ । पत्रकारिताको इथिक्स अनुसार पोष्ट गरिएको सामग्री हटाउन नमिल्ने हो । जसमा सम्बन्धित पक्षको खण्डन छापिनु पर्ने हो । वा, समाचार गलत भए अदालतमा जान पाउने पीडितको अधिकार जहिल्यै खुल्ला हुनेछ । प्रमाण देखाउन नसकेको खण्डमा संस्था तथा त्यसका आधिकारीक व्यक्तिलाई अदालतले कस्तो फैसला गर्ने भन्ने कानुनमा उल्लेख छ । यस्तो अवस्थामा संस्थाको सम्पादकिय निर्णय विपरित उक्त सामग्री हटाउने व्यक्तिसँग लिखित जवाफ मागिसकेको र आवश्यक कारबाही थालिसकेको जानकारी समेत गराउन चाहन्छौँ ।

प्रधान सम्पादक
हेलोखबर डटकम

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।