साउन २ । ट्राफिक प्रहरीले कारबाही गरी कास्की जिल्लामा यो आर्थिक वर्षमा मात्रै एक करोड २८ लाख २८ हजार सात सय राजस्व संकलन गरेको छ ।

गत वर्षको तुलनामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा ५२५ ले कमी आएको छ । ट्राफिक व्यवस्थापनको साथ साथै ट्राफिक जनचेतनामूलक कार्यक्रमहरुलाई पनि क्रमिक रुपले अगाडि बढाएको कारण जिल्ला भरिको सवारी दुर्घट्नाको संख्यामा ३३५ ले कमी आएको हो ।
प्रहरी सक्रियताकै कारण मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने व्यक्तिहरु माथि भएको कारवाहीमा भने १२७ ५ले वृद्धि भएको छ ।

अपराध नियन्त्रण तथा अपराधको सफल अनुसन्धानमा पछिल्लो समयमा भएको प्रहरी सक्रियताको कारण सुरक्षा व्यवस्था थप सुदृढ हुनुको साथै ट्राफिक व्यवस्थापनमा समेत सुधार आएको प्रहरीको दाबी छ ।

सवारी दुर्घट्ना न्यूनिकरण गरी धनजनको क्षति हुनबाट रोक्न एवं ट्राफिक व्यवस्थापनलाई अझबढी प्रभावकारी बनाउन कास्की प्रहरीले सबैसँग सहयोगको अपेक्षा गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।