साउन २ । विद्यालय बन्द गराउँदै हिँडेका यहाँका निजी विद्यालय शिक्षक एसोसिएसनका अध्यक्षसहितका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिक्षा कार्यालयले स्तर वृद्धिका लागि आफूहरुले राखेको मागको विषयमा सुनुवाइ नगरेको भन्दै विद्यालय बन्द गर्दै हिँडेका उनीहरुलाई वीरगन्जको ज्ञानबाटिकास्थित विद्यालयबाट आज बिहान नियन्त्रणमा लिएको हो ।

एसोसिएसनका अध्यक्ष सलाउघिन अहमद, शिक्षकहरु अरबिन्द सिंह, जीयालाल साहलगायतलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए ।

यसैबीच, विद्यालय कुनै पनि हालतमा बन्द नगर्ने प्याब्सन र एनब्याप्सनले निर्णय गरेको एनप्याब्सनका जिल्ला अध्यक्ष नन्दन यादवले जानकारी दिए । शिक्षकहरु नै विद्यालय बन्द गराउँदै हिँड्नु आपत्तिजनक कुरा भएको शिक्षा अधिकारी हरि बस्नेतले बताए ।

उनले नियमविपरीत कक्षा सञ्चालन गर्ने विद्यालयको विषयमा अनुगमन भइरहेको र शिक्षा कार्यालयबाट स्वीकृत नलिइ कक्षा सञ्चालन गर्ने विद्यालयहरुलाई कारबाही गरिने जानकारी दिए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।