साउन २ । सुनसरीको इटहरीस्थित साथी पेट्रोल पम्पबाट खरिद गरी हालिएको डिजेलमा पानी फेला परेको छ ।
विराटनगर–कटारी सञ्चालन हुने ‘सुपर पञ्चकन्या’ ना२ख ५४६० नम्बरको बसमा हालिएको १०० लिटर डिजेलमा पानी फेला परेको हो ।
पानीसहितको डिजेलको कारण गाडी सिरहाको मिचैयाबाट कटारी चल्न नसकेको अवस्थामा ग्यारेजमा देखाउँंदा पानी मिसिएको कारण इन्जिन पम्प काम नलाग्ने भएको यातायात धनी रोशन बानाले बताए ।
यस सम्बन्धमा पम्पका लेखा प्रमुखसँग जानकारी राख्दा बाँकी रहेको डिजेल साटी दिने बताए पनि हालसम्म नदिएको यातायात धनी बानाले बताए ।
Comments