साउन । साउदी सरकारले अवैधानिक रूपमा रहेका कामदारहरुलाई वैद्य वा स्वदेश फिर्ता हुनको लागि दिएको आममाफीमा नेपाली राजदुतावासको ब्रमलूट भएको खुलासा छ ।

नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रीय समिति साउदी अरबका बिक्रम पौडेल अनिशले प्रेस वक्तव्य नै जारी गरेर यसको खुलासा गरिदिएका हुन् ।

उक्त वक्तव्यमा आम माफीमा ठुलो रकमको चलखेल भएको भन्दै यस विषयमा रियादस्थित नेपाली राजदुतावासमा पटक–पटक जानकारी गराउदा पनि कुनै सुनुवाई नभएको प्रमाणित घटनाको बारेमा प्रचार–प्रसार गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

दमाममा १५०० रियल चाहिने हाइलमा पैसा नलाग्ने र दमाममा हरि घिमिरे र उनीसँग सम्बन्धित व्यत्तिले नेपाल जान मिल्दैन भनेको अवस्थाबाट त्रसित भै नेपाली जनप्रगतीशिल मोर्चाको अध्यक्षलाई फोन गरि हाइल पुगेका दुर्गानाथ बिक, राम बहादुर तामांग, आइत राम तामांग लगायतका व्यक्तिहरुलाई हाइलको जवाजातले खुरुज हानेको भन्दै सबै मजदुरहरुलाई एक भएर लाग्न वक्तव्यमा आग्रह गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।