साउन २ । यसअघि भएको निर्वाचनमा सबैभन्दा बढी भोट ल्याएर जितेका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा अहिले फोटोसहितको मतदाता नामावली दर्ता गराउनेहरु उनले यसअघि ल्याएको भोट भन्दा पनि कम भएको खुल्न आएको छ ।

अघिल्लो चुनावमा भट्टराईले ४६ हजार दुईसय ७२ मत ल्याएका थिए । तर चुनावमा भट्टराईले जितेको गोरखा क्षेत्र नम्बर २ मा यसपटक ४३ हजार आठ सय २२ जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यो संख्या उनले पाएको मत भन्दा २ हजार ४ सय ५० मतदाता कमी हो ।

उक्त क्षेत्रमा अघिल्लो चुनावका तुलनामा ४२ हजारभन्दा बढी मतदाता घटेका हुन् । २० गाविस रहेको उक्त क्षेत्रमा अघिल्लो पटक ८५ हजार दुईसय ४३ मतदाता थिए । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा ५७ हजार नौ सय पाँच मत खसेको अन्नपूर्णमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।