काठमाडौं । प्रदेश ३ को उपसभामुखमा पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रकी सांसद राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् ।

एमाले र माओवादी केन्द्रबिचको सहमति अनुसार उनले वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादीकी उपनेता कुमारी मोक्तान छिन् ।

अरु उम्मेदवारी नपरेपछि उनी निर्विरोध बनेकी हुन् ।

नुवाकोट क्षेत्र नम्बर १ को क बाट निर्वाचित ३४ वर्षीया प्रदेशसदस्य तामाङ माओवादी केन्द्रीय सदस्य र पूर्व कृषि राज्यमन्त्री हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।