साउन १ । बालबालिकालाई १ सय रुपैयाँमै उच्चस्तरको शिक्षा दिँदै आएका समता शिक्षा निकेतनका सञ्चालक उत्तम सञ्जेललाई आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् ।
उनीहरुलाई आज दिउँसो पक्राउ गरेको बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले एकजना उच्च प्रहरी अधिकृतको भनाई उदृत गर्दै जनाएका छन् ।
असार ३१ गते सञ्जेलमाथि आक्रमण भएको थियो ।
घाइते अवस्थामा उत्तम सञ्जेल, फोटोः रविन्द्र मिश्र(फेसबुक) |
मुलुकका विभिन्न जिल्लामा छरिएका समता स्कूलका २० वटा शाखामा ३० हजार विपन्न वर्गका विद्यार्थीहरुले १०० रुपैयाँमा शिक्षा लिईरहेका छन् ।
४० प्रतिशतले मात्र यस पटक एसएलसी उत्तिर्ण गर्दा उनका स्कूलबाट एसएलसी दिने ३१७ जनामध्ये २०१ जनाले विशिष्ट र ११६ जनाले प्रथम श्रेणीमा परिक्षा उत्तिर्ण गरेका थिए ।
यसरी सहज शिक्षामा सेवा दिएर विपन्न वर्गका विद्यार्थीहरुको नयनमा ज्योती छरिरहेका उनीमाथि सांघातिक आक्रमण भई उनी अस्पतालको बेडमा हुँदा समेत सरकार पक्षले भने चासो नदेखाएको भन्दै आलोचना समेत भईरहेको छ ।
Comments