साउन १ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधि केही मात्रामा घटाएको छ ।

आजबाट लागू हुने गरी प्राधिकरणले नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अबदेखि सातामा २७ घण्टा लोडसेडिङ हुने छ ।

यस अघि सातामा ३५ घण्टासम्म लोडसेडिङ गर्दै आईरहेको प्राधिकरणले नदी तथा जलासयमा पानीको मात्रा बढेकाले लोडसेडिङको समयावधी कटौति गरेको जनाएको छ ।

नयाँ तालिका अनुसार अब सातामा दुई दिन साढे ४ घण्टा, ३ दिन ४ घण्टा, एक दिन साढे ३ घण्टा र एक दिन साँढे २ घण्टा लोडसेडिङ हुने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।