साउन १ । पत्नीलाई चरम यातना दिने नेपालगन्ज नगरपालिका– ६ का साविरअलि हल्वाईलाई बाँके जिल्ला अदालतले हदैसम्मको सजाय फैसला गरेको छ ।
सो अदालतका न्यायाधीश शेखर पौडेलको सोमबार बसेको इजलासले पत्नी तरन्नुम बानोलाई चरम यातना दिएको ठहर गर्दै उनका पति ३८ वर्षीय हल्वाइलाई छ महिना कैद, रु २५ हजार जरिवाना र पत्नी बानोलाई रु ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ ।
पीडित पक्षकी अधिवक्ता पुनम पाण्डेका अनुसार गत पुस ८ गते माइतबाट घर फर्किएकी पत्नी बानोको गाला र छातीमा उनका पतिले टोक्नाका साथै कुटपिट गरी चरम यातना दिएपछि अदालतमा मुद्दा दायर गरिएको थियो ।
विवाह भएको १४ वर्षदेखि नै थप दाइजो ल्याउन दबाब दिँदै हल्वाईले दैनिकजसो यातना दिँदैआएको पीडित बानोले बताए ।
Comments