साउन १ । नेपाली सेनाले आजदेखि कार्यालयमा लगाउने नयाँ पोसाक (ड्रेस) परिवर्तन गरेको छ ।
आजका विभिन्न राष्टिय दैनिकहरुले सेतो सर्ट र हरियो पाइन्टसहितको नयाँ पोसाक पहिलो चरणमा सैनिक मुख्यालय र उपत्यकाका विभिन्न इकाईहरूमा कार्यरतका लागि लागू गरिएको खबर दिएका छन् ।
तर उक्त पोसाक भने आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि मात्र लागू हुनेछ । बुधबार, बिहीबार, शुक्रबार र शनिबार भने पुरानै पोसाक लगाइने छ ।
पोसाक सिलाइमा ढिलाइ भएकाले मुख्यालय र उपत्यकाका विभिन्न इकाईका सबै सैनिकले भने नयाँ पोसाक लगाउन नपाउने भएका छन् ।
ज-जसको सिलाइएको छ, उनीहरूले मंगलबारदेखि र अन्य सबैले साउन मसान्तभित्र नयाँ पोसाक लगाइसक्ने बताइएको छ ।
Comments