यसै गरेर, स्पेनको पैम्पलोना शहरमा ११ जुलाई देखी जुलाई १४ सम्म सयौँ मानिसले सान फेर्मिन फेस्टिवल नामको उक्त पर्व गोरुसँग जुँधेर मनाएका छन् ।
स्पेन लगायत विभिन्न देशबाट उक्त प्रगियोगितामा बहादुरी देखाउनका लागि साढे (गोरु) संग जुद्न आउने गर्दछन । सन १९११ बाट सुरु भएको उक्त प्रतियोगितामा अहिले सम्म १५ जनाको मृत्यु भइसकेको छ । तर यो वर्ष भने कसैको मृत्यु नभएको तर सयौ घाइते भएको आयोजकले बताएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
त्यहाँ जुध्ने साढेहरुलाई पशुफार्मबाट ल्याएइएको हुन्छ । यिनीहरु बढि आक्रमक हुने गर्दछन । साढेहरुलाई उत्तजेक पदार्थ समेत खुवाउने गरिएको बताइन्छ । कार्यक्रममा धार्मिक रितिरिवाज अनुसार मनाउने गरिए पनि पशुसँग मान्छे जुँधेर मान्छे पनि पशु जस्तै भएको भनेर आलोचना समेत गर्ने गरिन्छ ।
जुन पर्वका केही झलकहरु भिडियो तथा फोटोमा तल उल्लेख छन् :