असार ३१ ।  अमेरीकाको फ्लोरिडामा कालाजातीको हत्या गरेको आरोप लागेका जर्ज जिमरम्यानलाई अदालतले सफाई दिएपछि काला जातीका मानिसहरुले अमेरिकामा प्रदर्शन  गरेका छन् ।

जिमरम्यानलाई  कालाजातिका ट्रेभन मार्टिनको हत्या गरेको भनेर मुद्दा चलाइएको थियो । फ्लोरिडाको एक अदालतले सन् २०१२ फेब्रुअरीमा भएको घटनाका आरोपी जिमरम्यानलाई छुट्कारा दिएको भन्दै  आन्दोलनमा उत्रेका छन् ।

जिमरम्यानलाई अदालतले नै सफया दिएकाले  राष्ट्रपति बाराक ओबामाले अमेरिकी जनतालाई न्याय र कानूनमाथि भरोसा गर्न आग्रह गरेका छन् । उनले प्रदर्शनकारीहरुलाई शान्त हुन आग्रह समेत गरेका छन् ।

उक्त घटनाक्रम पछि अमेरिकामा जातीय मुद्धा चर्किएको छ । जिमरम्यान विरुद्ध लगाइएको सबै आरोपबाट अदालतले  खारेज गरेपछि  अमेरिकामा काला जातिका मानिसहरु प्रदर्शनमा उत्रेका हुन । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।