उनै थपलियाले भर्खरै मात्र कला साहित्यमा दुई लाइन संघर्ष नामक पुस्तक बजारमा ल्याएका छन् । सोही कितावमा उल्लेख छ कि माक्र्सवादी र अवसरवादी कार्यदिशाका बिचको संघर्षलाई दुई लानइ संघर्ष भनिन्छ । कला साहित्यको सिर्जजनात्मक कार्य वर्ग संघर्षका उपज मानिएको पुस्तकमा कला र विचारधाराको अविभाज्य सम्बन्धलाई जरैदेखि केलाइएको छ । जहाँ विचारधारालाई सामाजिक चेतनाका विभिन्न रुपहरुको व्यवस्थित प्रणाली मानिएको छ ।
२७६ पृष्ठ लामो उक्त पुस्तकमा नेपाललाई साम्राज्यवाद र विस्तारवादहरुले नांगो रुपमा कसरी कसरी क्रिकाण्ड गरिरहेको छ भन्ने देखाइएको छ । अतः कला र साहित्यका माध्यमबाट राष्ट्रवादी र राष्ट्र विरोधीहरुलाई किताबमा केस्रा केस्रामा केलाइएको छ ।
जहाँ बाबुरामद्धारा संविधानसभाको हत्या र प्रचण्ड त्यसको मतियार भएको उल्लेख छ । प्राक्कथनको दोस्रो पेजमा भनिएको छ- ‘नेपाललाई साम्राज्यवाद र विस्तारवादले नांगो रुपमा क्रिडास्थल बनाएका छन् । यहाँ तिनका दलाल तथा कठपुतलीहरुले खुलमखुल्ला राष्ट्रघात गरिहेका छन् । हाम्रो राष्ट्रिष्ता स्वाधीनतालाई कमजोर पार्ने दुस्प्रयास निरन्तर जारी छ । मुलुकले ठूलो कुर्बानीपछि प्राप्त गरेको संविधानसभा बाबुराम भट्टराईद्धारा हत्या गरिएको छ । पुष्पकमल दाहाल त्यसको मुख्य मतियार बनेका छन् ।’
सोही पुस्तकका केही झलकहरु यस्ता छन्ः
— आस्था–आदर्श–विचारलाई मारेर आत्मिय मृत्यु रोज्ने यो प्रवृति मुलतः क्रान्तिलाई तोडफोड र विसर्जन गर्ने, फुट र विभाजन ल्याउने, विखयडनद्धारा विसर्जनमा पुर्याउने संस्कृति हो । यस्तो प्रवृत्तिका विरुद्ध संघर्ष गर्नु हामी हाम्रो कर्तव्य ठान्दछौँ । नेतृत्वले बाटोको धुलोमा फ्याँकेको रातोझण्डालाई पुनः माथि उठाउने साहस गर्नैपर्छ ।
यसबारे फेसबुकको कमेन्ट– क्रान्ति हुन्छ तर यो तालले हुँदैन । यो त गुटबन्दी हो । पार्टी, क्रान्ति र राष्ट्रलाई धरापमा पर्ने गुटबन्दी चाहिदैन । पार्टी फुटाउन पाइँदैन । किनभने यसमा लाखौँलाख श्रमजीविहरुको रगत र पसिना मिसिएको छ ।
— जे जस्ता मान्छे पार्टी एकताका नाममा भित्रिए, तिनलाई देख्दा आत्मग्लानी र पीडा हुन्छ । हाम्रा टाउकाको मोल तोकिदाँ हामीलाई सामाजिक फाँसीवादी भनेर प्रतिक्रियावादी सरकारसित स्वर मिलाउनेहरु एकताका नाममा ठूलै नेता बनेर हाम्रो सलाम खाईरहेका छन् ।
पुस्तकमा निभा शाहको समावेश गरिएको एउटा कविता
— माओवादी जिन्दावाद भन्दै
प्रचण्डपथका बेलुनहरु
माथि माथि उडेपछि
रामसाइँलीले आफ्नो नाम राखी
लालसाइँली ।
तिनै लालसाइँलीका हातगोडाहरु गुमे
बर्दियाका मोर्चाहरुमा
हो तिनै लालसाइँली
आज
गुमेका खुट्टाहरु खोजिरहेकी छिन्
कहाँ गुमे ?
लालासाइँलीका खुट्टाहरु
खोज्यौ कतै ?
देख्यौँ कतै
देख्नेले भने
प्रचण्डपथ बलेरोका पांग्रा हुन्
लासाइँलीका खुट्टाहरु
यता लालसाइँली
घिस्रिएकी घिस्रिएकै छ
उता बलेरो कुदेको कुद्यै छ !
— बन्दुक, मादल र कलमको उचित समायोजनद्धारा मालेमावदी सौन्दर्यको विकास गरेको छ । जनयुद्ध प्रबल भएका ग्रामिण इलाकामा पुरानो धार्मिक कट्टरता, जातपात, रुढि, अन्धविश्वास, भेदभाव, शोषण, उत्पीडन, पितृसत्तावा जस्ता सामान्ती मूल्य मान्यता, ध्वस्त हुँदै समानता र स्वतन्त्रताको नयाँ जनवादी संस्कृतिको विकास भईरहेको छ । महान् जनयुद्धले वर्गसंघर्षका तुफानी केन्द्रहरुलाई साहित्यमय बनाईदिएकाले आज गाउँ गाउँ, टोल टोलदेखि हरेक तहभित्र सुन्दर साहित्य सिर्जन भएका छन् ।
— सेन इच्छुकलाई तत्कालिन सत्तका जल्लादहरुले २०५९ साल जेठ ६ गते बाजले छोपे सरह काठमाडौँबाट गिरफ्तार गरे । कृष्णसेन इच्छुक एउटा कलमजीवि आदर्श पात्र हुनुहुन्थ्यो । हिटलरले यहुदीमाथि पनि सायदै यतिसम्म क्रुर र बर्बरताको नाकटीय हिंस्रक प्रवृत्ति प्रदर्शन गरेरन होला । वास्तवमा सेनको हत्या प्रतिशोधको भावनाले चुर नपुंसकवृत्ति थियो ।
— भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको जुठोपुरो खाएका, उनकै बन्दुक, गोली र बुटको प्रयोग गरेर देशभक्त सपूतहरुलाई बलात्कार गर्ने, बेपत्ता पार्ने, विभत्स गर्ने कृत्स सायद ती प्रतिक्रियावादीहरुका धर्म नै थिए ।
— प्रसंग हाम्रै हो । माक्र्सवादी दर्शनले विश्वलाई समग्रतामा अध्ययन गर्दै सामाजिक जीवनको अनुसन्धान गरेर त्यसको भौकितवादी धारणाको विकास गर्दछ । हिजोको नेपाल र आजको नेपालमा धेरै अत्तर आईसकेको छ । हिजोको काल्पनिक घोडादौड गर्ने बादशाहहरु आज इतिहासको कन्टेनरमा पुरिएका छन् ।
— कथित मुठ्ठीभरका भाटबाहे पञ्चायती र एवम् बहुदलीय कालको राष्ट्रगान त कसैले मानेनन । ‘श्रीमान गम्भीर…..’ र ‘सयौँ थुंगा….’ को सारमा उही, एउटै चरित्र विद्यमान भएको हुँदा यस्तो रचना तुरुन्त खारेजी जनताको आवाज हो ।
— विश्व साम्राज्यवाद विशेषगरी अमेरिकी साम्राज्यवादले विश्वरका श्रमजीवि जनता विरुद्ध युद्ध थोपरेर त्यहाँका असली चिजहरुको दोहन गर्ने गरेको थत्य सर्ववित्तितै छ । यो सम्पूण युद्धका स्वरुपहरु राजनीतिक वैचारिकm आर्थिक फौजी, साँस्कृतिक तथा मनो वैज्ञानिक आदी इत्यादी हुने गरेका छन् । यी तमामखाले सम्पूर्ण युद्धको अभीष्ट भनेको विश्वभरका मानव संसाधन तथा प्राकृतिक स्रोतहरुलाई आफ्नो आर्थिक एवम् राजनीतिक अधीनमा कैद गरी त्यसमाथि शोषण, उत्पीडन थोपर्नु रहेको स्पष्ट देखिन्छ ।
— आज आन्दोलन भित्र दुस्मनका विरुद्ध प्रयोग गरिने डिफाइन, डिभाइड, डिमोरलाइज, डिस्ट्रोय तथा क्याम्चर जस्ता विधिहरु आफ्नै वर्गभित्र प्रयोग हुँदै आयो । ड्युटीविना ब्युटी बन्ने होडबाजीले के गन्तव्यमा पुग्न सकिएला ?