असार ३१  ।सिरहामा ट्याक्टर दुर्घटना  हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाईते भएका छन् ।
सिरहाको कचनारीबाट महोत्तरीको पडोलस्थानतर्फ तिर्थयात्री बोकेर जाँदै गरेको ना ४ त ४७४३ नम्बरको ट्याक्टर सोमवार विहान कर्जनामा दुर्घटना हुँदा सिरहा ईटाटारका रामसतिदेवी यादव ,मुकेश यादव,  जिझौलकी गुलाबदेवी यादवको मृत्यु भएको प्रहरी  बताएको   छ ।
घाइतेहरुको स्थानीय  फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको  छ । दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको र दुर्घटनाको बारेका  अनुसन्धान भइरहेको  प्रहरीले  बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।