असार ३१ । संबिधान सभाको दोस्रो निर्वाचनका लागि सुरु भएको फोटोसहितको मतदाता नामावली परिचय पत्रको नाम भर्ने दिन आज अन्तिम दिन हो ।
अहिले सम्म १८ पुग्ने नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान गर्न परिचय पत्र बनाउने आज अन्तिम दिन भएको निर्वाचन आयोगले बताएको छ ।
मतदाता परिचय पत्र बनाउने ठुलो भिड बढेकोले आज साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता गरिने जनाइएको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म १ करोड २० लाख ५४ हजारले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम लेखाईसकेका छन् ।
Comments