काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा यात्रु बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्।
सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्टेन्डमा रोकिराखेको बसमा आगलागी भएको हो। आगलागीबाट बस जलेर नष्ट भएको छ।
घटनाको समयमा बसमा कुनै पनि यात्रु नभएको पाइएको छ ।
बसमा कसरी आगो लागो भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन । रातोपाटीले चालक आफैंले बसभित्र बसेर आगो लगाएको उल्लेख गरेको छ । आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको पनि समाचारमा उल्लेख छ । नेपालप्रेसले पनि चालक आफैँले गाडीमा आगो लगाएको अनुमान गरिएको उल्लेख गरेको छ ।
आगलागी बारुणयत्रको सहायतामा नियन्त्रणमा लिइएको भएपनि बस जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।




