असार ३१ । सरकारले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मदिरा, बियर र चुरोटमा अन्तःशुल्क बढाएको छ ।

सफा टेम्पोमा प्रयोग हुने डिप साइकलको लिड एसिड ब्याट्रीमा भने विद्यमान भन्सार महसुल घटाएर एक प्रतिशत कायम गरिएको छ ।

त्यसैगरी, आम जनताले प्रयोग गर्ने साइकलको पैठारीमा लाग्दै आएको भन्सार महसुल पनि एक प्रतिशतमा मात्र सीमित गरिएको छ ।

त्यस्तै, क्यान्सर रोगको निदानका लागि रोगीहरूलाई निःशुल्क वितरण गरिने क्यान्सरको औषधि पैठारीमा लाग्ने भन्सार महसुल पूर्णरूपमा छुट दिने व्यवस्था नयाँ बजेटले गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।