बिनायक पनेरु,  डडेल्धुरा
 असार ३०।डडेल्धुरास्थित कैलपालमाण्डौ-५ जैसेरामा रहेको प्रसिद्ध देवस्थल कैलपाल देवताको मन्दीरमा आज  मेला  लागेको छ ।

हरेक बर्ष असाढ सुक्ल षष्ठि तिथिका दिन लाग्ने उक्त मेलामा सुदुरपश्चिमका बिभिन्न स्थानबाट भक्तजनहरु  आउने गर्दछन । 

 चोखो मनले ब्रत बसेर कैलपाल देवताको दर्शन गरेमा मनोकांक्षा पुरा हुने  स्थानियको जनबिश्वास रहेको पाइन्छ । उक्त मन्दिरमा आज रातभर पुजा आराधनाका साथै धुमारी, चैत, भलाउलो, देउडा खेलेर रमाईलो पनि गर्ने गरीन्छ । 
उचित प्रचार प्रसार अभावले गर्दा   देवस्थल ओझेलमा परेको स्थानिय समाजसेवीले बताएका छन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।